लेख विवरण

एपिएफ माथि गण्डकीको ऐतिहासिक जित

एपिएफ माथि गण्डकीको ऐतिहासिक जित

काठमाडौंँ। केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा शुक्रबार गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल (एपिएफ) माथि ऐतिहासिक जित निकालेको छ । एपिएफले दिएको एक सय २ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले जित निकालेको हो ।

गण्डकीका लागि मुकेश थापाले सर्वाधिक २५ रनको योगदान दिए । दिनेश बुढा मगरले २४, गौरव विक र अभिषेक थापाले समान ११-११ रन बनाए । बलिङतर्फ एपिएफका अभिनाश बोहराले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ १८ ओभर ४ बलमा १ सय १ मा समेटिएको थियो । पहिलो विकेट १७ रन र दोस्रो विकेट १७ रनमा गुमाएको एपिएफका विकेट लगातार गुम्दा ठूलो स्कोर कुनै खेलाडीले बनाउन सकेनन् ।

कप्तान प्रदीप ऐरी २०, असिफ शेख १२, लोकेश बम १२, भुवन कार्की १४ र सुमित महर्जनले १४ रनको योगदान दिए । बलिङतर्फ गण्डकीका कप्तान बिपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २ विकेट लिँदा दिनेश बुढामगर र सुदीप अर्यालले १–१ विकेट लिए ।

शुक्रबार बिहान भएको पहिलो खेलमा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको समूह ‘ए’बाट कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.