लेख विवरण

रोनाल्डोले दुई गोल गरेपछि अल नासरको शानदार जित

रोनाल्डोले दुई गोल गरेपछि अल नासरको शानदार जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ  । 

गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३-० गोल अन्तरले पराजित गरेको हो  । 

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले खेलको ७७ र ८०औं मिनेटमा गोल गरेका थिए  । त्यस्तै अर्को गोल खेलको १३औं मिनेटमा सामी अल नाजेइले गरेका थिए  । 

यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ  । 

त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ । 
    

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.