लेख विवरण

नेपाल सुपर लिग : ललितपुर सिटीले बुटवल एफसीलाई हरायो

नेपाल सुपर लिग : ललितपुर सिटीले बुटवल एफसीलाई हरायो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनीलाई २-० गोल अन्तरले पराजित गरेको हो  ।

ललितपुरको जितमा दिनेश हेम्जन र अनन्त तामाङले एक एक गोल गरेका थिए । दिनेशले खेलको २६औं मिनेटमा गोल गरेका थिए भने अनन्तले खेलको ३१औं मिनेटमा गोल गरेका थिए  ।

यो जितपछि ललितपुरले महत्वपूर्ण ३ अंक हासिल गरेको छ  । 

शनिबारनै सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

एनएसएल अन्तर्गत आइतबार एक खेल हुदैछ । आइतबार विरगंज युनाइटेड एफएसी र धनगढी एफसीबीच खेल हुदै छ ।  

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.