लेख विवरण

इमाद वासिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

इमाद वासिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौंँ । पाकिस्तानका अलराउण्डर इमाद वासिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । इमादले पाकिस्तानका लागि ५५ एकदिवसीय र ६६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो पटक यसै वर्षको अप्रिलमा न्युजिल्यान्डविरुद्ध टी–२० खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए ।

इमादले एक्समा लेखे, "पछिल्लो समय मैले आफ्नो अन्तर्राष्ट्रिय करियरको बारेमा धेरै सोचे र आज म यो निष्कर्षमा पुगेको छु कि अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्ने सही समय हो। म पीसीबीप्रति आभारी छु कि उनीहरूले मलाई वर्षौंदेखि समर्थन गरेका छन्। पाकिस्तानको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सधैं सम्मानको कुरा हो ।"

सन् २००६ मा पाकिस्तानको यू–१९ विश्वकप विजेता टोलीका सदस्य रहेका ३४ वर्षीय इमादले सन् २००८ को अर्को संस्करणमा पाकिस्तानको नेतृत्व गरेका थिए । उनले सन् २०१५ सम्म पाकिस्तानका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न पर्खनु परेको थियो । उनले आफ्नो पहिलो खेल जिम्बाब्वेविरुद्ध खेलेका थिए । लाहोरमा श्रीलङ्काको टोलीमाथि आक्रमण भएको ६ वर्षपछि यो खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेट पाकिस्तानमा फर्किएको थियो । उनले सन् २०१६ को टी–२० विश्वकपमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए । सन् २०१९ मा उनले दुबईमा अस्ट्रेलियाविरुद्धको दुई एकदिवसीय खेलमा पनि पाकिस्तानको कप्तानी गरेका थिए।

उनले एकदिवसीय क्रिकेटमा ४४ विकेट लिनुका साथै ९ सय ८६ रन बनाएका छन् । टी–२० मा उनले ६५ विकेट लिनुका साथै ४ सय ८६ रन बनाएका छन् ।

पीएसएलमा इमाद कराची किंग्सका सदस्य हुन् । उनले हन्ड्रेड, सिपिएल र एलपिएलमा पनि काम गरिसकेका छन् । उनी इंग्लिस काउन्टी क्रिकेटमा पनि नियमित खेल्दै आएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.