रुटले आइपिएल २०२४ बाट नाम फिर्ता लिए
काठमाडौंँ । राजस्थान रोयल्सबाट डेब्यु गरेका इङ्ल्यान्डका ब्याट्सम्यान जो रुटले आइपिएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । रोयल्सले आफ्नो वेबसाइटमा रुटको निर्णयको सम्मान गरेको जनाएको छ ।
रोयल्सका क्रिकेट निर्देशक कुमार संगाकाराले भने, 'रिटेन्सन कुराकानीका क्रममा रुटले आफू सन् २०२४ को आइपिएल नखेल्ने जानकारी दिएका थिए । छोटो समयका लागि भएपनि उनले फ्रेन्चाइजमा राम्रो प्रभाव पारेका छन् । उनको प्रेरणा र अनुभवलाई टिमले सम्झनेछ । हामी उनको निर्णयको सम्मान गर्दछौं र उनको सफलताको कामना गर्दछौं।'
इङ्ल्यान्ड टोलीका प्रबन्ध निर्देशक रोब कीले क्यारेबियन भ्रमणका लागि टोलीको घोषणा भएपछि रुटले विश्वकपपछि आराम गर्न चाहेको बताएका छन् । उनले न्युजिल्यान्ड, पाकिस्तान, आइएलटी–२०, द हन्ड्रेड, एशेज र विश्वकपमा लगातार खेलेको रोब कीले बताएका छन् ।
आईपीएल २०२३ को अक्सनमा रुटलाई रोयल्सले एक करोड (भारतीय रुपैँया) बेस प्राइसमा किनेको थियो । उनले रोयल्सका लागि तीन खेल खेलेका थिए ।
बेन स्टोक्सपछि आइपिएल २०२४ को सिजनबाट बाहिरिने रुट इंग्ल्यान्डका दोस्रो खेलाडी हुन् । आइपिएलको अक्सन डिसेम्बर १९ मा हुँदैछ र नोभेम्बर २६ सम्ममा फ्रेन्चाइजले रिलिज भएका र रिटेन गरिएका खेलाडीको सूची बुझाउनु पर्नेछ ।

टिप्पणी लेख्नुहोस्