लेख विवरण

नवौं रेडिअन्ट कप : इडेन ब्रिजलाई सफलता

नवौं रेडिअन्ट कप : इडेन ब्रिजलाई सफलता

काठमाडौंँ । इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा इबीएले प्राइम ग्लोबललाई २५–४ ले पराजित ग¥यो । विजयी टिमका लागि आदित्य श्रेष्ठले १७ स्कोर गरे ।

जुनियर ब्वाइजमै ग्रिनफिल्डले पुष्पसदनलाई २२–१४ तथा श्री नवीनले साइ निलायमलाई १२–१० ले हरायो । ग्रिनफिल्डका रिजन तामाङले १० तथा श्री नवीनका सितोकले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा सेबले केभीएसलाई २४–१४, पुष्पसदनले गोल्डेन फ्लावरलाई ४१–६, एनआईसीले द एक्सेल्सियरलाई ४०–२१, न्यु भिजनले पिपुल्स एकेडेमीलाई २३–१५ र ग्रिनफिल्डले सेन्ट्रल स्टेटलाई ३६–९ ले पाखा लगायो । सेबका विप्लव गुरुङले १५, पुष्पसदनका निकेश जिसीले ९, एनआईसीका यसोन थापा मगरले ९, न्यु भिजनका आयुश सापकोटाले २० र ग्रिनफिल्डका अर्जुन बस्नेतले १३ अंक बटुले ।

सिनियर गर्ल्समा केभीसीले जेनिथलाई १२–४ तथा स्वर्णिमले रिब्सलाई १७–९ ले पन्छयायो । केभीसीकी सौर्य राजभण्डारी तथा स्वर्णिमकी वासाना श्रेष्ठले समान ६–६ स्कोर गरे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.