दोस्रो टी–२० मा भारतले अस्ट्रेलियालाई ४४ रनले हरायो
काठमाडौंँ । भारतको तिरुवनन्तपुरमस्थित ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । योसँगै पाँच खेलको टी–२० सिरिजमा भारतले २–० को अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले यशस्वी जयसवाल, इशान किशन र रिंकु सिंहको अर्धशतकीय इनिङ्सको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए । त्यस्तै टिम डेभिडले ३७ तथा म्याथ्यु वेडले अविजित ४२ रन बनाए । भारतका रवि बिश्नोई र प्रसिद्ध कृष्णाले समान ३–३ विकेट लिए । मुकेश कुमार, अक्षर पटेल र अर्शदीप सिंहले एक-एक सफलता प्राप्त गरे ।

टिप्पणी लेख्नुहोस्