आइपिएल २०२४ : रिटेन र रिलिज खेलाडीहरुको सूची सार्वजनिक
काठमाडौंँ । आइपिएलका सबै १० टिमले आफ्ना रिटेन खेलाडीको सूची सार्वजनिक गरेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरले आफ्ना ११ खेलाडीलाई रिलिज गरेको छ । यस्तै पञ्जाब किंग्सले ५ खेलाडीलाई रिलिज गरेको छ । यसबाहेक कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, लखनउ सुपर जायन्ट्स, गुजरात टाइटन्स, मुम्बई इन्डियन्स, आरसीबी, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले क्रमशः १२, ६, ८, ८, ७, ११, ९ र ८ खेलाडी रिलिज गरेका छन् ।
पूर्व भारतीय कप्तान धोनीलाई सीएसकेले रिटेन गरेको छ । धोनीले आइपिएलबाट सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको थियो । तर सीएसकेले उनलाई रिटेन गरेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लोरले यी खेलाडीहरुलाई रिटेन गरेको छ : फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, विराट कोहली, रजत पाटीदार, अनुज रावत, दिनेश कार्तिक, सुयश प्रभुदेसाई, विल ज्याक्स, महिपाल लोमरोर, कर्ण शर्मा, मनोज भंडारे, मयंक डागर (ट्रेड), विशाल विजयकुमार, आकाश दीप, मोहम्मद सिराज, रीस टोप्ले, हिमांशु शर्मा र राजन कुमार ।
रोयल च्यालेन्जर्स बैंग्लोरले रिलिज गरेका खेलाडीहरु : जोस हेजलवुड, वानिन्दु हसारंगा, हर्षल पटेल, फिन एलेन, माइकल ब्रेसवेल, डेविड विली, वेन पार्नेल, सोनू यादव, अविनाश सिंह, सिद्धार्थ कौल र केदार जाधव ।
मुम्बई इन्डियन्सका रिटेन खेलाडीहरु : रोहित शर्मा (कप्तान), देवोल्ड ब्राविस, स्काई, ईशान किशन, तिलक वर्मा, टिम डेविड, विष्णु विनोद, अर्जुन तेंदुलकर, क्याम ग्रीन, शम्स मुलानी, नेहल वढेरा, जसप्रीत बुमराह, कुमार कार्तिकेय, पीयूष चावला, आकाश माधवल, जेसन बेहरेनडोर्फ र रोमारियो शेफर्ड (ट्रेड) ।
मुम्बई इन्डियन्सले रिलिज गरेका खेलाडीहरु : अरशद खान, रमनदीप सिंह, ऋतिक शोकीन, राघव गोयल, जोफ्रा आर्चर, ट्रिस्टान स्टब्स र डुआन जोनसन ।
गुजरात टाइटन्सले रिटेन गरेका खेलाडीहरु : डेविड मिलर, शुभमन गिल, मैथ्यू वेड, रिद्धिमान साहा, केन विलियमसन, हार्दिक पांड्या (कप्तान), अभिनव मनोहर, बी साई सुदर्शन, दर्शन नलकांडे, विजय शंकर, जयंत यादव, राहुल तेवतिया, मोहम्मद शमी, नूर अहमद, आर साई किशोर, राशिद खान, जोश लिटिल र मोहित शर्मा ।
गुजरात टाइटन्सले रिलिज गरेका खेलाडीहरु : यश दयाल, केएस भरत, शिवम मावी, उर्विल पटेल, प्रदीप सांगवान, ओडियन स्मिथ, अल्जारी जोसेफ र दासुन शनाका ।
लखनऊ सुपर जायंट्सले रिलिज गरेका खेलाडीहरु : जयदेव उनादकट, डेनियल सैम्स, मनन वोहरा, स्वप्निल सिंह, करण शर्मा, अर्पित गुलेरिया, सूर्यांश शेंगे र करुण नायर ।
सनराइजर्स हैदराबादले रिटेन गरेका खेलाडीहरु : वाशिंगटन सुंदर, अभिषेक शर्मा, संवीर सिंह, नीतीश कुमार रेड्डी, राहुल त्रिपाठी, मयंक अग्रवाल, अब्दुल समद, अनमोलप्रीत सिंह, एडेन मार्कराम, ग्लेन फिलिप्स, फजलहाक फारूकी, मयंक मार्कंडेय, भुवनेश्वर कुमार, उमरान मलिक, कार्तिक त्यागी, टी नटराजन, हेनरिक क्लासेन र उपेन्द्र सिंह यादव ।
चेन्नई सुपर किंग्सका रिटेन खेलाडीहरूको सूची : महेंद्र सिंह धोनी (कप्तान), रविंद्र जडेजा, देवन कॉनवे, रुतुराज गायकवाड़, मोईन अली, शिवम दुबे, राज्यवर्धन हंगरेकर, मिचेल सैंटनर, दीपक चाहर, तुषार देशपांडे, मथिशा पथिराना, सिमरजीत सिंह, प्रशान्त सोलंकी, महिष थिक्साना, अजिंक्य रहाणे, शेख राशिद, निशांत सिंधु र अजय मंडल।
चेन्नई सुपर किंग्सका रिलिज खेलाडीहरूको सूची : बेन स्टोक्स, ड्वेन प्रीटोरियस, काइल जेमिसन, आकाश सिंह, अंबाती रायडू, सिसांडा मगला, भगत वर्मा र शुभ्रांशु सेनापति ।
राजस्थान रोयल्सका रिलिज खेलाडीहरूको सूची : जो रूट, अब्दुल बसिथ, आकाश वशिष्ठ, कुलदीप यादव, ओबेद मैककॉय, मुरुगन अश्विन, केसी करियप्पा र केएम आसिफ ।
राजस्थान रोयल्सका रिटेन खेलाडीहरूको सूची : संजू सैमसन (कप्तान), शिमरोन हेटमायर, यशस्वी जैसवाल, कुणाल सिंह राठौर, रियान पराग, रविचंद्रन अश्विन, जोस बटलर, डोनोवन फरेरा, ध्रुव जुरेल, ट्रेंट बोल्ट, युजवेंद्र चहल, नवदीप सैनी, कुलदीप सेन, एडम जाम्पा, संदीप शर्मा र आवेश खान ।
दिल्ली क्यापिटल्सका रिलिज खेलाडीहरूको सूची : रिले रोसोउ, रोवमैन पावेल, मनीष पांडे, फिलिप साल्ट, मुस्ताफिजुर रहमान, चेतन सकारिया, सरफराज खान, कमलेश नागरकोटी, रिपल पटेल, अमन खा र प्रियम गर्ग ।
पञ्जाब किंग्सका रिलिज खेलाडीहरूको सूची : भानुका राजपक्षे, मोहित राठी, बलतेज ढांडा, राज बावा र शाहरुख खान ।

टिप्पणी लेख्नुहोस्