लेख विवरण

स्पेनिस ला लिगामा रियल म्याड्रिडको शानदार जित

स्पेनिस ला लिगामा रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले काडिजमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगोले २ गोल गरेका थिए भने जुडे बेलिङघमले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । १४ खेलमा रियल म्याड्रिडको ३५ अंक भएको छ ।

त्यस्तै एक खेल कम खेलेको गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी एटलेटिको म्याड्रिडको १३ खेलमा ३१ र बार्सिलोनाको १४ खेलमा समान ३१ अंक रहेको छ ।

त्यसैगरी काडिजको भने १३ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.