लेख विवरण

नेपाल सुपर लिग : स्पोर्टिंग इलामले झापा एफसीलाई हरायो

नेपाल सुपर लिग : स्पोर्टिंग इलामले झापा एफसीलाई हरायो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत स्पोर्टिंग इलामले झापा एफसीलाई पराजित गरेको छ ।

सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा इलामले झापालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्पोर्टिंग इलामको जितमा खेलको ८७औँ मिनेटमा अमाथ एण्डवले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अमाथले यसअघि यसै खेलमा पेनाल्टी मिस गरेका थिए ।

यो स्पोर्टिंग इलामको दोस्रो खेलमा पहिलो जित हो । यस अघि खेलेको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै झापाले भने आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

अब एनएसएल अन्तर्गत मंगलबार काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुने तालिका रहेको छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.