आइपिएल : शुभमन गिल बने गुजरात टाइटन्सको नयाँ कप्तान
काठमाडौं । शुभमन गिल इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम गुजरात टाइटन्सका नयाँ कप्तान बनेका छन्। हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमनलाई कप्तानीको जिम्मेवारी दिइएको हो । हार्दिकलाई मुम्बई इण्डियन्सले ट्रेड गरेको छ।
गिल आईपीएल २०२३ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले गुजरातबाट खेल्दै ७ खेलमा ५९.३३ को औसतमा ८९० रन बनाएका थिए। २४ वर्षीय गिलले सन् २०१८ मा आईपीएलमा डेब्यू गरेका थिए। उनले हालसम्म ९१ खेलमा कुल २ हजार ७९० रन बनाएका छन्।
गुजरात टाइटन्स टोली पहिलो पटक आईपीएल २०२२ सिजनमा प्रवेश गरेको थियो। हार्दिकको कप्तानीमा टोलीले पहिलो सिजनमा नै च्याम्पियन बनेको थियो भने २०२३ सिजनमा उपविजेता बनेको थियो।
हार्दिक पाण्ड्याले आफ्नो आईपीएल करियर २०१५ मा मुम्बई इन्डियन्सबाट सुरु गरेका थिए। उनको उपस्थितिमा मुम्बईले ४ पटक आईपीएलको उपाधि जितेको थियो। हार्दिक २०२१ सम्म मुम्बई इन्डियन्समा रहे। यसपछि उनलाई मुम्बईले २०२२ मा रिलिज गरेपछि गुजरातमा गएका थिए।

टिप्पणी लेख्नुहोस्