लेख विवरण

दक्षिण अफ्रिकाले सन् २०२७ को विश्वकप आयोजना गर्ने प्रस्ताव फिर्ता लियो

दक्षिण अफ्रिकाले सन् २०२७ को विश्वकप आयोजना गर्ने प्रस्ताव फिर्ता लियो

काठमाडौंँ । दक्षिण अफ्रिकी फुटबल संघ (एसएएफए) ले सन् २०२७ मा आयोजना हुने महिला विश्वकप आयोजनाका लागि आफ्नो दावेदारी फिर्ता लिएको छ । एफएफएले सन् २०३१ को विश्वकप आयोजना का लागि बोली लगाउनेमा ध्यान केन्द्रित गर्ने भएको छ ।

महिला विश्वकपका लागि अहिलेसम्म बजेट विनियोजन नगरिएको भन्दै विवाद हुँदै आएको छ । प्रतियोगिता हुन अब चार वर्ष मात्र बाँकी छ । तुलनात्मक रूपमा सन् २०२६, २०३० र २०३४ को पुरुष प्रतियोगिताको आयोजक घोषणा भइसकेको छ ।

यद्यपि सन् २०२७ को विश्वकपका लागि बोलपत्र प्रक्रिया जारी रहने छ र फिफाले सन् २०२४ मे सम्ममा आयोजक निश्चित गर्ने जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.