लेख विवरण

केपी ओली कप : सुदुरश्चिमले बिभागिय टोली पुलिसलाई हराउदा मधेश प्रदेश सेमिफाइनलमा

केपी ओली कप : सुदुरश्चिमले बिभागिय टोली पुलिसलाई हराउदा मधेश प्रदेश सेमिफाइनलमा

काठमाडौंँ । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले बिभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सुदुरपश्चिमले पुलिसलाई ४ विकेटले पराजित गरेको हो ।

पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । जवाफमा सुदुरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो । सुदुरपश्चिमको जितमा किरन ठगुन्नाले अर्धसतकीय पारी खेल्दै अविजित ५१ रन बनाए । उनले ३४ बलको सामना गर्ने क्रममा ४ चौंका र २ छक्का प्रहार गरे । अन्य खेलाडीमा नरेन साउद (३९), राजु रिजाल (१९), वसन्त कार्कि (१५) र नारायण जोशीले अविजित (१७) रनको योगदान दिए । बलिङमा पुलिसका लागि रशिद खानले ३ तथा सुनिल धमला र सागर ढकालले समान १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धसतकीइ पारी खेल्ने क्रममा ६७ रन बनाए । सुनिल धमलाले (४२) तथा अर्जुन साउदले २० रन बनाए । बलिङमा सुदुरपश्चिमका लागि बिकास अग्रहरीले २ तथा भोजराज भट्ट र वसन्त खत्रीले १-१ विकेट लिए ।

सुदुपश्चिमले नेपाल पुलिस क्लबलाई हराएपछि मधेश प्रदेशले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । समुह सी मा रहेको पुलिस र मधेश प्रदेशको अंक समान रहेपनि रन रेटको आधारमा समुह विजेता बन्दै मधेश प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.