लेख विवरण

त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगिता पुस दोस्रो सातादेखि

त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगिता पुस दोस्रो सातादेखि

लमजुङ । लमजुङमा जिल्लाकै सर्वाधिक धनराशिको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगिता आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । १२ पुसबाट प्रतियोगिता सञ्चालन हुन लागेको हो । क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको  छ । 

प्रतियोगितामा उपविजेताले नगद ४ लाख पाउनेछ् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १र१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०र२० हजार रुपैयाँ पाउनेछन् । टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ । 

जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरीएको अध्यक्ष घिमिरेले बताए । 

क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ । गतवर्ष पुरस्कार ५ लाख रुपैँया थियो । ३१औं संस्करणको प्रतियोगीता बेसीशहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.