लेख विवरण

एनएसएल : काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकियो

एनएसएल : काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक बिजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने चितवनले लियो । चितवनले खेलको ८६ औँ मिनेटमा पहिलो अग्रता लियो । चितवनका लागि नवयुग श्रेष्ठले गोल गरे । तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौँले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । काठमाडौँका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन् । यससँगै काठमाडौँले प्रतियोगितामा दुई खेलबाट ४ अङ्क जोडेको छ ।

चितवनले भने १ अङ्क जोडेको छ । काठमाडौँले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो । यता चितवन भने पोखरासँग पराजित भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.