दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप बिहीवारदेखी
काठमाडौंँ । नेपाल तेक्वान्दो संघले मंसिर १४ गते देखि १६ गतेसम्म दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
गत वर्ष प्रतियोगिताको पहिलो संस्करण सफलताका साथ आयोजना गरेको संघले दोस्रो संस्करणमा खेलाडीहरुको उल्लासमय सहभागिता हुने जनाएको छ ।
प्रतियोगितामा पुम्से र ग्यरोगी तर्फ गरि वटा ७२ स्वर्णका लागि जम्मा ६५० खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।
बढि भन्दा बढि प्रतियोगिताहरु आयोजना गरेर खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागी गराई अवसर प्रदान गर्ने संघले जनाएको छ । खेलाडीहरुहरुको प्रतिभा प्रष्फुटन र अनुभव वृद्धि गर्नका लागि यस प्रकारका प्रतियोगिताहरुको नियमित रुपमा आयोजना गर्दै आएको संघले जनाएको छ । यस्ता प्रतियोगिताहरुले भविष्यमा राष्ट्रिय खेलाडीहरु उत्पादन र पहिचानमा टेवा पुग्ने नेपाल तेक्वान्दो संघले विश्वास व्यक्त गरेको छ ।
प्रतियोगितालाई व्यवस्थित र सफल रुपमा आयोजना गर्न संघका उपाध्यक्ष भान बहादुर चन्दको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । जसको सचिवमा संघका केन्द्रीय सदस्य बब्लु शिवाकोटी रहेका छन् ।
प्रतियोगिताबाट खेलाडीहरुको राष्ट्रिय वरियता क्रम मापन गरि सोही बमोजिम स्तर र वर्गीकरण हुने भएकोले प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपालभरिका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता ललितपुर सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन मंसिर १४ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले गर्ने कार्यक्रम रहेको आयोकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्