पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि भक्तपुरको टोली घोषणा
काठमाडौंँ । पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश स्तरिय छनोट प्रतियोगिताका लागि भक्तपुर जिल्ला क्रिकेट संघले १४ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व श्रीजा घिमिरे घिमिरेले गर्ने भएकी छन् ।
टोलीका अन्य सदस्यहरुमा घिमिरेसँगै अनुषा रोका, सोच्छ्या खड्का, पुजा साउद, सृष्टि श्रेष्ठ, बिनु जप्रेल, सृजना श्रेष्ठ, केरिना मण्डल, अप्सरा कुमाल, हिमानी तामाङ, प्राथा श्रेष्ठ, कुमिको भण्डारी र इन्द्रदेवी थापा (करिमा) रहेका छन् । टोलीको प्रशिक्षकमा नीरा राजोपाध्याय र ब्यवस्थापकमा अशोक रत्न शाक्य रहेका छन ।
बागमती प्रदेश स्तरिय छनोट प्रतियोगिता मंसीर १५ देखी चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आयोजना हुने भएको छ । छनोट प्रतियोगितामा भक्तपुरसँगै काठमाडौं, ललितपुर र चितवनको सहभागिता रहने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुको टोलीले नेपाल क्र्रिकेट संघ (क्यान)ले आयोजना गर्ने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको नेतृत्व गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्