लेख विवरण

पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौंँको टोली घोषणा

पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौंँको टोली घोषणा

काठमाडौंँ । पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश स्तरिय छनोट प्रतियोगिताका लागि काठमाडौंँ जिल्ला क्रिकेट संघले १४ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीकी सदस्य आश्मिना कर्माचार्यले गर्ने भएकी छन् ।

टोलीका अन्य सदस्यहरुमा कर्माचार्यसँगै खुशी डंगोल, कञ्चन श्रेष्ठ, अस्मिता खरेल, करिश्मा गुरुङ, बिपिशा शाही, संस्कृती फुयाल, यशोदा बिष्ट, अनिता मिजार, आदित्या पौडेल, रक्षा कार्की, प्रकृती पोखरेल, सबिता भण्डारी र एली यादव रहेका छन ।

बागमती प्रदेश स्तरिय छनोट प्रतियोगिता मंसीर १५ देखी चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आयोजना हुने भएको छ । छनोट प्रतियोगितामा काठमाडौंँसँगै भक्तपुर, ललितपुर र चितवनको सहभागिता रहने छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुको टोलीले नेपाल क्र्रिकेट संघ (क्यान)ले आयोजना गर्ने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको नेतृत्व गर्ने छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.