ज्ञानोदयको दोहोरो जित
काठमाडौंँ । आयोजक ज्ञानोदयले २९ औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो हात पारेको छ ।
बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा ज्ञानोदयले ग्रेस एकेडेमीलाई ४८–१२ ले पराजित ग¥यो । ज्ञानोदयको जित रिजन अधिकारीले २५ अंक योगदान गरे । गर्ल्समा रिस्ता तिलिजाको ६ अंक सहयोगमा ज्ञानोदयले ग्रेसलाई ३१–१४ ले हरायो ।
ब्वाइजमा पुष्पसदनले एलआरआईलाई ३८–११ ले पाखा लगायो । पुष्पसदनका मनीष गुरुङले १३ अंक जोडे । गर्ल्समा बूढानीलकण्ठले एलआरआई १७–१२ ले पन्छायो । विजेताकी सराहले १० स्कोर गरिन् ।

टिप्पणी लेख्नुहोस्