लेख विवरण

हिमरश्मीलाई दोहोरा सफलता

हिमरश्मीलाई दोहोरा सफलता

काठमाडौंँ । हिमरश्मीले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केबटलमा सोमबार दोहोरो सफलता पाएको छ । हिमरश्मी गर्ल्स र जुनियर ब्वाइजमा जित हात पार्न सफल भयो ।

मैनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गल्र्समा हिमरश्मीले प्रारम्भ वल्र्डलाई १८–१२ ले पराजित ग¥यो । हिमरश्मीकी खुशी चौधरीले ७ स्कोर गरिन् । जुनियर ब्वाइजमा हिमरश्मीले मानसिंहलाई १५–४ ले हरायो । हिमरश्मीका भिजन खत्रीले ४ अंक जोडे ।

गर्ल्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२–१५, न्यु इराले स्प्रिङ भ्यालीलाई २१–१२ र एन्जल्स हार्टले रोजमेरीलाई २५–१६ ले हराए । पद्मचक्रकी श्रद्धा फुयालले ८, न्यु इराकी नर्गिमा तमाङले ९ र एन्जल्सकी अन्शु शर्माले १० अंक जोडे ।

जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६–१२, एलएनएले हिमरश्मीलाई ३२–१८, एन्जल्सले रोजमेरीलाई ३२–१८ र पद्मचक्रले मेघा पब्लिकलाई १४–८ ले पन्छाए । मानसिंहका दावा भोटेले ७, एलएनएका सर्गम गुरुङले १०, एन्जल्सका रुपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले ५ अंक बटुले ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.