इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ।
गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
बोर्नमाउथको जितमा डोमिनिक सोलांके, फिलिप बिलिंग र मार्कोस सेन्सीले एक एक गोल गरेका थिए।
यो जितपछि बोर्नमाउथको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ ।
त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा सातौं हार हो। १६ खेलमा २७ अंक रहेको म्यानचेस्टर युनाइटेड हाल छैटौं स्थानमा रहेको छ।

टिप्पणी लेख्नुहोस्