लेख विवरण

एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदान टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनायो । टोलीका लागि जमशीद जद्रानले सतकीय पारी खेल्दै सर्वाधिक रन १०६ रन बनाए । त्यस्तै नुमान शाह (६०), रहिमुल्लाह जुर्मती (३५), वफीउल्लाह तराखिल (१५), वफीउल्लाह तराखिल (१३) र खालिद तानिवालले (१०) रन बनाए ।

नेपालका लागि बलिङमा गुल्शन झा, हेमन्त धामी र सुवाष भण्डारीले २-२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलले १-१ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ । अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.