लेख विवरण

स्पेनिस ला लिगा : रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा : रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई रियल बेटिसले बराबरीमा रोकेको हो ।

खेलको ५३औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाए पनि खेलको ६६औ मिनेटमा एइटोर रुलबलको गोलमा रियल बेटिसले खेल बराबरी गरेको थियो ।

यो बराबरीपछि रियल म्याड्रिडको १६ खेलमा ३९ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी रियल बेटिसको भने १६ खेलमा २६ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।

 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.