लेख विवरण

घोडाघोडी क्रिकेट एकेडेमी एलपीएलको सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी एलपीएलको सेमीफाइनलमा

धनगढी । घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को समुह 'सी' बाट सेमीफाइनल पुगेको छ। यस अघि समुह 'बि' बाट युथ अफ टिकापुर सेमीफाइनल पुगीसकेको छ।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी क्रिकेट एकेडेमी तिन वटै खेलमा जितको साथ अघिल्ल चरण प्रवेश गर्यो। गरुडा सहित आयोजक लिटल फ्लावर स्कुल र सुदुर पश्चीमान्चल एकेडेमी पहिलो चरण बाट बाहिर भएका छन्।

खेलमा गरुडा नगरपालिकाले दिएको १२९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

घोडाघोडीका ओपनर बिपिन बिक्रम शाही र टेक रावतले ९३ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। बिपिनले ३९ बलमा ६ चौका र ३ छक्का मद्दतले ५५ रन बनाए भने टेकले २९ बलमा ३ चौका र २ छक्का मद्दतले २५ रन बनाए। कृष कार्कीले अविजित १५ तथा निशान्त बूढायरले अविजित १० रन बनाए। गरुडाका बलर डब्लु मलिकले ३ तथा नितेश यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गरुडा नगरपालिकाले २० ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो।

गरुडाको लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए। सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए।

प्लेयर अफ द म्याच घोषित घोडाघोडीका बलर भुपेश जोशीले ५ विकेट लिए। उनले ४ ओभरमा मात्र १३ रन खर्चिए। संजय बोहरा, अशोक धामी र नरेश सुनारले १/१ विकेट लिए।

सत्यवती एकेडेमी र लिटल एन्जल्स स्कुल बीचको आजको दोश्रो खेल भने लिटल एन्जल्स टिम अनुपस्थित हुँदा हुन सकेन। समुह 'डी' मा रहेको सत्यवतीले खेल नखेलेता पनि २ अंक पाएको छ। सत्यवतीको २ खेलमा ४ अंक भएको छ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

 
घोडाघोडी क्रिकेट एकेडेमी एलपीएलको सेमीफाइनलमा

टिप्पणी लेख्नुहोस्

Please Login to comment.