लेख विवरण

फ्रेन्च लिग वान : पिएसजीले नान्तेजलाई हरायो

फ्रेन्च लिग वान : पिएसजीले नान्तेजलाई हरायो

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले नान्तेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नान्तेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ब्राडली बार्कोला र राण्डल कोलो मुआनीले एक एक गोल गरेका थिए । त्यस्तै नान्तेजका लागि एक गोल मोस्ताफा मोहमदले गरेका थिए ।

यो जितपछि पिएसजीको १५ खेलमा ३६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी नान्तेजको १५ खेलमा १८ अंक छ र लिगमा नवौं स्थानमा रहेको छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.