लेख विवरण

इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको शानदार जित

इटालियन सिरी ए : उडिनेसमाथि इन्टर मिलानको शानदार जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले उडिनेसमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले उडिनेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा हाकन कलहानोग्लु, फेडेरिको डिमार्को, मार्कस थुराम र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मिलानको सिरी ए मा १५ खेलमा ३८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।

त्यसैगरी उडिनेसको भने १५ खेलमा १२ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.