लेख विवरण

भेट्रान टेबलटेनिस टोली थाइल्यान्ड जाने

भेट्रान टेबलटेनिस टोली थाइल्यान्ड जाने

काठमाडौंँ । एसियन प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।

मंसिर २७ देखि पुस १ गतेसम्म हुने प्रतियोगितामा १८ खेलाडीले ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र ७० वर्षमाथि उमेरसमूहको सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् ।

खेलाडीहरुमा सुधीर महर्जन, नवीनबहादुर शाक्य, शरद् श्रेष्ठ, बलराम सापकोटा, प्रमोद राजोपाध्याय, धर्ममान वज्राचार्य, निकेश जोशी, प्रशान्त महर्जन, मोहनदास बासुकला, रमेश रुपाखेती, सञ्जय अर्याल, कल्याण पाण्डे, रेस्ता झा, सुरेन्द्र ढकाल, शिवसुन्दर गोथे, चन्दन शाही, प्रज्ज्वलकान्त मैनाली र राजेश जोशी रहेका छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.