लेख विवरण

भारोत्तोलन टोली कतार जाँदै

भारोत्तोलन टोली कतार जाँदै

काठमाडौं । आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दै छ ।

मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.