प्रधानमन्त्री कप टी २० छनोट : कञ्चनपुरले कैलालीलाई हरायो
काठमाडौंँ । कैलालीमा आजदेखी सुरु प्रधानमन्त्री कप महिला टी-२० प्रदेश स्तरीय छनौट प्रतियोगिताको पहिलो खेलमा कञ्चनपुरले कैलालीलाई ४ विकेटले पराजित गरेको छ ।
सैनिक आवासीय महाविद्यालय तेघरीको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको कैलाली निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । जवाफमा कञ्चनपुरले १७.४ ओभर खेल्दै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । टोलीको जितमा बिन्दु रावलले (३४) र रेवती धामीले १५ रनको योगदान दिए ।
कैलालीका लागि लक्ष्मी साउदले २ तथा मनिषा चौधरी र निलम पाण्डेयले १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कैलालीका लागि रुबि पोद्दारले (३५) र माधबी सामन्तले २६ रन बनाए । कञ्चनपुरका लागि बलिङमा दिपा जोरा, राधिका पुजारा, रेवती धामी र गँगा खड्काले १-१ विकेट लिएका थिए ।
प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोलीले अगामी पुसमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगितामा सहभागीता जनाउनेछ। काठमाडौंमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने छ ।

टिप्पणी लेख्नुहोस्