पुरुष टिम इभेन्टमा वडा ११ लाई स्वर्ण
काठमाडौंँ । वडा ११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ ।
वडा ११ का नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य, स्व. पुष्परत्न शाक्य र राजिप वज्राचार्यको टोलीले वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको टोलीलाई ३–२ ले फाइनलमा पराजित गरे । वडा १२ र वडा ९ तेश्रो भए । स्व. पुष्परत्न टिम इभेन्टको सूचीमा भएपनि यो स्पर्धा खेल्नुअघि नै उनको निधन भएको थियो । टिममा भने उनको नाम निधन हुनुअघि नै खेल्ने सूचीमा थियो । सम्मान स्वरुप वडा ११ को टोलीले स्व. पुष्परत्नको नाम पनि सूचीमा समावेश गराएको हो । केहि दिनअघि यहि प्रतियोगिता खेल्ने क्रममा उनको हृदयघाटका कारण निधन भएको थियो ।
यु–१६ ब्वाइज सिंगल्समा वडा २० का इरिश शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य जिते । उक्त स्पर्धाको गर्ल्समा वडा ६ की अंकिता वज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोश्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इशान्भी महर्जनले कांस्य हात पारे ।
यु– १२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का अयानराज शाक्य र वडा ९ का निर्भान वज्राचार्यले कांस्य जिते । सो स्पर्धाको गर्ल्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोश्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेश्रो बने ।

टिप्पणी लेख्नुहोस्