लेख विवरण

बागमती छनोट सम्पन्न

बागमती छनोट सम्पन्न

काठमाडौंँ । नेपाल वादोरियो कराते डो संघको आयोजनामा हुने चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुने बागमती प्रदेशका खेलाडीको शनिबार टुंगो लागेको छ ।

भूतखेलमा भएको छनोट प्रतियोगिताबाट पुरुष ४५ केजीमा काठमाडौंका वरदान मोक्तान, ५० केजीमा मकवानपुरका समिर लामा, ५५ केजीमा काठमाडौंका डेविडकुमार श्रेष्ठ, ६० केजीमा काभ्रेका सुविन्द्र घिसिङ, ६५ केजीमा सिन्धुपाल्चोकका मिङमार लामा, खुलामा रसुवाका पासाङ ग्याल्जेन र एकल कातामा काठमाडौंका सुजिन तामाङ छनोट भए ।

महिलाको ४० केजीमा ललितपुरकी सेवधी तिमिल्सिना, ४५ केजीमा काठमाडौंकी नेत्रकुमारी लामिछाने, ५० केजीमा ललितपुरकी प्रशंसा पहरी, ५५ केजीमा ललितपुरकी दिया पहरी, ६० केजीमा खुशी राई, खुलामा रसुवाकी देजेन डोल्मा तामाङ र एकल कातामा अप्सरा मगर छानिए । राष्ट्रिय प्रतियोगिता पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.