लेख विवरण

कराते खेलाडी सम्मानित

कराते खेलाडी सम्मानित

काठमाडौं । काठमाडौं/बानेश्वरस्थित देउराली डोजोले विभिन्न विधामा उपलब्धि हासिल गरेका कराते खेलाडी तथा प्रशिक्षकलाई शनिबार सम्मान गरेको छ । सातौं साउथ एशियन कराते च्याम्पियनसिपका स्वर्ण पदक जितेका डोजोका खेलाडी रिकेश भण्डारी र आशिका राईलाई नगद तथा कराते गिलगायत खेलकुद सामाग्रीसहित सम्मान गरिएको छ । त्यसैगरी, कोच एक्रिड्रियशन परीक्षामा उत्तिर्ण हुन सफल प्रशिक्षक अमिर राना, एकेएफ (एशियाली कराँते फेडेरेशन) निर्णायकमा उत्र्तिण हुन सफल तारा श्रेष्ठ गुरुङ, प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पनि सम्मान गरियो । कुशल श्रेष्ठको प्रशिक्षणमा नेपालले २९ स्वर्ण, २६ रजत र ६ कास्य जित्दै दक्षिण एशियाली कराते च्याम्पियनसिपमा पहिलो स्थान हासिल गरेको थियो । उनकै प्रशिक्षणमा नेपालले चीनको हाङझोउमा सम्पन्न १९ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत तथा इन्डोनेशियामा सम्पन्न १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा एक स्वर्ण, ३ रजत र ५ कास्य जितेको थियो ।

त्यसैगरी, जापानमा सम्पन्न ३६ औं नोवुकावाहा सितोरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल देउराली डोजोका खेलाडी दिया तामाङ,अमिर राना र नेली जोशीलाई पनि सम्मान गरिएको छ । नीलो ब्ल्याक बेल्ट परीक्षामा पनि उत्र्तिण हुन सफल भएकी थिइन् । कार्यक्रममा एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी अक्कल बोहोरा (हाल स्पेन निवासी) ले देउराली डोजोलाई आर्थिक सहयोग समेत गरेका छन् । देउराली डोजोका अध्यक्ष राजेश जोशी, समाजसेवी जितेन्द्रमान गुरुङलगायतले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.