लेख विवरण

महिला टि-२० च्याम्पियनशीपका लागि १८ सदस्यीय टोली छनोट

महिला टि-२० च्याम्पियनशीपका लागि १८ सदस्यीय टोली छनोट

काठमाडौंँ । बिएमडब्लु स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा पौष १३ देखी आयोजना हुने महिला टि-२० च्याम्पियनशीपका लागि स्याङ्जा जिल्ला क्रिकेट संघले १८ सदस्यीय टोली छनोट गरेको छ ।

टोलीमा राष्ट्रिय खेलाडी ज्योत्स्निका मरासिनीसँगै कुसुम गोदार, श्रेया शाही, सलिना सेन, सेरिना थापा, अर्मिना अधिकारी, अपेक्षा बुढाथोकी, निरु जिटी र रन्जना साउद रहेका छन । त्यस्तै आकृती तिवारी, अनामिका गाहा, लक्ष्मी खत्री, अनुस्का रोका, दिपसा गुरुङ, रस्मिता कुमाल, अन्तिमा बिक, जमुना सिके र जेनिसा केसी रहेका छन् ।

तल्लो मूलपानी क्रिकेट मैदानमा आयोजना हुने महिला टि-२० च्याम्पियनशीपपछि तीन दिवसीय महिला क्रिकेट सिरीज हुने आयोजक बिएमडब्लु स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । टि-२० च्याम्पियनशीपमा उत्कृष्ट प्रर्दशन गर्ने ३० खेलाडीहरुलाई २ समुहमा विभाजन गरी तीन दिवसीय सिरीज आयोजना हुनेछ ।

महिला टि २० च्याम्पियनशीप राउन्ड रोबिन लिग प्रद्धती अनुसार खेलाइने छ । लिगको अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन । आइसीसीको नियम अनुसार खेलाइने प्रतियोगिताको उपाधि जित्ने टोलीले ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा बिएमड्ब्लु एजुकेसन कन्सलटेन्सी रहेको छ । त्यस्तै सपोर्टेड बाईमा बिएम चप्पल उद्योग र बालमती कृषि तथा पशु फर्म प्रा.ली रहेको छ ।

May be an image of text

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.