लेख विवरण

संकटमा वेस्ट इन्डिज क्रिकेट, निकोलस पूरनसहित तीन ठूला खेलाडीले गरे केन्द्रीय सम्झौता अस्वीकार

संकटमा वेस्ट इन्डिज क्रिकेट, निकोलस पूरनसहित तीन ठूला खेलाडीले गरे केन्द्रीय सम्झौता अस्वीकार

काठमाडौंँ । कुनै समय विश्वकै खतरनाक टोलीको रुपमा चिनिने वेस्ट इन्डिज क्रिकेट एकातिर विश्वकपजस्ता प्रतियोगितामा छनोट हुन सकेको छैन भने अर्कोतर्फ यसका खेलाडीले पनि राष्ट्रिय टोलीलाई प्राथमिकता दिइरहेका छैनन् ।

पछिल्लो अपडेट अनुसार वेस्ट इन्डिजका तीन ठूला खेलाडीहरूले बोर्डसँग वार्षिक केन्द्रीय सम्झौता गर्न अस्वीकार गरेका छन्। अर्थात यी क्रिकेटरहरू वेस्ट इन्डिज बोर्डको अधीनमा नभई आफ्नै इच्छाले क्रिकेट खेल्न चाहन्छन्। यी तीन खेलाडीको नाम निकोलस पूरन, काइल मेयर्स र जेसन होल्डर हो । वेस्ट इन्डिज क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, "जेसन होल्डर, काइल मेयर्स र निकोलस पूरनले केन्द्रीय सम्झौताको प्रस्ताव अस्वीकार गरेका छन्। तर, यी तीन खेलाडीले वर्षभरि वेस्ट इन्डिजका सबै टी–२० अन्तर्राष्ट्रिय खेलका लागि उपलब्ध हुने पुष्टि गरेका छन् ।"

केन्द्रीय सम्झौता नहुँदा यी खेलाडीको वेस्ट इन्डिज टोलीबाट खेल्ने बाध्यता समाप्त हुनेछ । बोर्डले यी खेलाडीहरूलाई अन्य देशहरूसँगको वेस्ट इन्डिजको खेलमा खेल्न बाध्य पार्न सक्दैन।

सम्भवतः विश्वभर टी–२० फ्रेन्चाइज क्रिकेटमा उपलब्ध राम्रो अवसर र ठूलो रकमलाई ध्यानमा राखेर यी तीन भेट्रानले यो निर्णय लिएका हुन् । सेन्ट्रल कन्ट्रयाक्ट नभएकाले अब यी खेलाडीले कुनै पनि समयमा फ्रेन्चाइज क्रिकेट खेल्न पाउनेछन् । यसका लागि उनीहरूले अब वेस्ट इन्डिज क्रिकेट बोर्डको अनुमति लिनु पर्दैन । त्यसपछि यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने वेस्ट इन्डिज बोर्डले आफ्ना केन्द्रीय अनुबन्धित खेलाडीहरूलाई धेरै तलब पनि दिँदैन। यस विषयमा यसअघि पनि क्रिकेटरहरुले धेरै पटक विरोध गरिसकेका छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.