लेख विवरण

नेपाली महिला क्रिकेट टोली भारतसँग पराजित

नेपाली महिला क्रिकेट टोली भारतसँग पराजित

काठमाडौंँ । भारतमा जारी फेडफीना महिला टी-२० द्विपक्षीय क्रिकेट शृंखलामा नेपाल नेत्रहिन महिला क्रिकेट टोली भारतसँग ८ रनले पराजित भएको छ ।

मुम्बईको पुलिस जिमखाना मैदानमा भारतले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ८६ रनमा रोकियो । नेपालका लागि बिनिता पुनले ६० बलमा ९२ रन बनाइन । यस क्रममा उनले ११ चौंका प्रहार गरिन् । त्यस्तै मनकेसी चौधरीले ३६ रन बनाउदा श्रजना परियारले ३० रन बनाए । कप्तान मुना आर्याल ८ र सरिता घिमिरे ७ रनमा अविजित रहे । भारतका लागि बलिङमा फुला सरेनले १ मात्र विकेट लिइन । नेपालका ३ खेलाडी रनआउट भएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । टोलीका लागि सुष्मा पटेल (४१), फुला सरेन (२८), सुनिता श्राथे (२५) र सिमु दासले १६ रन बनाएका थिए । रावन्नी (३८) र देसाई प्रितिबेन (१२) रनमा अविजित रहे । नेपालका लागि बलिङमा मुना अर्यालले एक मात्र विकेट लिइन । भारतका ३ खेलाडी रन आउट भएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.