लेख विवरण

यू–१९ विश्वकप क्रिकेट : नेपालले पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध भिड्ने

यू–१९ विश्वकप क्रिकेट : नेपालले पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध भिड्ने

काठमाडौंँ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप २०२४ को नयाँ तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार प्रतियोगिता जनवरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकाको ५ स्थानमा आयोजना हुनेछ । प्रतियोगितामा कुल ४१ खेल हुनेछन् । यू–१९ विश्वकपको फाइनल खेल फेब्रुअरी ११ मा विलोमुर पार्कमा हुनेछ ।

प्रतियोगिताको १५ औं संस्करण दक्षिण अफ्रिकाले आयोजना गर्दैछ । यो प्रतियोगिता यसअघि श्रीलंकामा हुने तय भएपनि नोभेम्बरमा लागेको प्रतिबन्धका कारण आईसीसीले श्रीलंकाबाट आयोजना खोसेको थियो ।

यो वर्ष यू–१९ विश्वकप नयाँ ढाँचामा आयोजना हुँदैछ । प्रतियोगितामा ४ समूहमा १६ टिमको सहभागिता रहनेछ । समूहको शीर्ष तीन टोली सुपर–६ मा प्रवेश गर्नेछन् । सुपर सिक्समा ६र६ टिमको दुई समूह बन्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल र जित्ने दुई देशले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको पहिलो खेल जनवरी १९ मा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच जेबी मार्क्स ओभल मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डसँग बफेलो पार्कमा खेल्नेछ । प्रतियोगितामा नेपालले समूह चरणका तीन खेल न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसँग खेल्नेछ । तीनै खेल बफेलो पार्कमा हुनेछ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.