ईङलिश प्रिमियर लिग : एभर्टनले चेल्सीलाई हरायो
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक एक गोल गरेका थिए ।
यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७औ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अंकको कारवाही भएका कारण अंकतालिकामा पछाडी रहेको छ ।
त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौं हार हो । १६ खेलमा १९ अंक रहेको चेल्सी १२औ स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्