लेख विवरण

बार्सिलोनामाथि गिरोनाको शानदार जित

बार्सिलोनामाथि गिरोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

गिरोनाको जितमा आर्टेम डोभबिक मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि गिरोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गिरोनाको १६ खेलमा ४१ अंक छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा २ अंकले अगाडी रहेको छ ।

त्यस्तै बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.