लेख विवरण

टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई हरायो

टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई हरायो

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए ।

यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी न्यूक्यासलको भने यो यस सिजनमा छैटौं हार हो । १६ खेलमा २६ अंक रहेको न्यूक्यासल लिगमा सातौं स्थानमा रहेको छ ।
   

टिप्पणी लेख्नुहोस्

Please Login to comment.