लेख विवरण

स्पेनिस ला लिगा : एटलेटिको म्याड्रिडले अल्मेरियालाई पराजित गर्यो

स्पेनिस ला लिगा : एटलेटिको म्याड्रिडले अल्मेरियालाई पराजित गर्यो

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले अल्मेरियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा अल्भारो मोराटा र एंगेल कोरियाले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाका लागि लिओ बाप्टिसटाओले एक गोल फर्काएका थिए ।

यो जतिपछि एटलेटिको म्याड्रिडको १५ खेलमा ३४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी अल्मेरियाको भने यो यस सिजनमा १३औ हार हो । १६ खेलमा केवल ४ अंक रहेको अल्मेरिया अंकतालिकामा पुछारमा छ ।
 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.