लेख विवरण

अन्तिम टी-२० मा आयरल्यान्डले जिम्बावेलाई हरायो

अन्तिम टी-२० मा आयरल्यान्डले जिम्बावेलाई हरायो

काठमाडौंँ । जिम्बाब्वे विरुद्ध तीन खेलको टी–२० सिरिज अन्तर्गत अन्तिम र निर्णायक खेल जित्दै आयरल्याण्डले श्रंखला २–१ ले कब्जा गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ४० रन बनाएको थियो । जवाफमा आयरल्याण्डका ब्याट्सम्यान जर्ज डकरेल र ह्यारी टेक्टोरले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई ६ विकेटको जित दिलाए । टेक्टोरले ४५ बलमा अविजित ५४ रन बनाए भने डकरेलले ३२ बलमा अविजित ४९ रन बनाए । दुवैले ७० बलमा १०४ रनको साझेदारी गरे ।

खेलमा टस जितेर पहिले बलिङ गरेको आयरल्याण्डले जिम्बाब्वेलाई दबाबमा राखेको थियो । पहिलो १० ओभरमा जिम्बाब्वेका चार ब्याट्सम्यान पवेलियन फर्केका थिए । उसका लागि कार्यवाहक कप्तान रायन बर्लले सर्वाधिक २८ बलमा ३६ रन बनाए । त्यस्तै ब्रायन बेनेट र क्लाइभ मन्डन्डेले २७–२७ रन जोडे । यिनै ब्याट्सम्यानका आधारमा जिम्बाब्वे निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रनको स्कोरमा पुग्न सफल भयो ।

लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डको सुरुवात खराब रह्यो । खेलमा जिम्बाब्वेले पहिलो ७ ओभरमा चार ब्याक टू ब्याक विकेट लिएर पुनरागमन गरेको थियो । आयरल्याण्डले एन्ड्रयु बालबर्नी (१३), पल स्टर्लिङ (६), लोर्कन टकर (८) र कर्टिस क्याम्पर (५) को रुपमा ३७ रनमा ४ विकेट गुमाएको थियो । त्यसपछि टोलीलाई खेलमा फर्किन निकै गाह्रो भयो । तर ह्यारी टेक्टोर र जर्ज डकरेलले जिम्बाब्वेको जित्ने आशालाई ध्वस्त पार्दै आफ्नो टोलीलाई श्रंखला जिताउन मद्दत गरे।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.