लेख विवरण

फुटबल क्लबका अध्यक्षद्धारा रेफ्रीलाई मुक्का प्रहार

फुटबल क्लबका अध्यक्षद्धारा रेफ्रीलाई मुक्का प्रहार

काठमाडौंँ । टर्किस सुपर फुटबल लिगका एक क्लब मालिकले खेल बराबरी भएपछि रेफ्रीलाई मुक्का प्रहार गरेका छन् । जसकारण रेफ्रीको टाउको र आँखा मुनि चोट लागेको छ ।

टर्कीका राष्ट्रपतिले घटनाको निन्दा गर्दै खेलकुदमा यस्ता घटना हुन नहुने बताएका छन् । यसै क्रममा आन्तरिक मामिला मन्त्रीले क्लब मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् । टर्कीको फुटबल रेफ्री र अब्जर्भेसन एसोसिएसनले सबै रेफ्रीहरूलाई मैदानमा नजान आग्रह गरेको छ।

टर्कीको राजधानी अंकाराको एरिमान स्टेडियममा सोमबार भएको टर्किस सुपर फुटबल लिगमा काकुर रिज्स्पोर र अंकारागुकुबीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४ औं मिनेटमा अंकिरागुकुले गोल गर्दै अग्रता लिएको थियो ।

खेलको दोस्रो हाफमा रेफ्री हलिल उमुट मेलरले अंकारागुकुका खेलाडीलाई दुई पहेँलो कार्ड देखाए। त्यसपछि अंकारागुकुका खेलाडीले मैदान छाड्नुपरेको थियो । तर, खेलको ९५ औं मिनेटमा रिजस्पोरका खेलाडी पनि रातो कार्ड पाएपछि मैदान छाड्नुपरेको थियो । खेलको ९७ औं मिनेटमा रिजस्पोरले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

अंकिरागुकुका अध्यक्ष फारुक आफ्नो टोलीका एक खेलाडीलाई दुई पहेँलो कार्ड दिएकोमा रेफ्री हलिल उमुत मेलरसँग रिसाए। खेलपछि उनले मेलरलाई मुक्का हाने ।

मेलर तल खसे र त्यसपछि फारुकसँगै आएका अरूले पनि रेफ्री हलिललाई लात हान्न थाले। मैदानमा उपस्थित दुवै टोलीका खेलाडीले रेफ्रीलाई बचाए र अंकिरागुकुका अध्यक्षलाई रेफ्रीबाट टाढा ताने । रेफ्रीमाथी हातपात गरेपछि आक्रोशित फ्यानले अन्किरागुकुका अध्यक्षमाथि पनि आक्रमण गरेका थिए ।

३७ वर्षीय मेलोर टर्कीका शीर्ष रेफ्रीहरूमध्ये एक हुन् र फिफाका लागि अन्तर्राष्ट्रिय खेलहरूमा अफिसियट हुन्। उनी युएफएको एलिट रेफ्रीको सूचीमा पनि परेका छन् ।

टर्की सुपर लिगमा भएको उक्त घटनाको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलगायत फुटबल प्रशासनसँग सम्बन्धित व्यक्तिहरूले निन्दा गरेका छन् । राष्ट्रपतिले खेलका क्रममा भएको यो घटना ठीक नभएको बताए । "खेलकुदमा यस्ता घटना नहोस् । रेफ्रीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।"

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.