भारत र पाकिस्तान एशिया कपको सेमिफाइनलमा
काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गत समुह 'ए' बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न समुह चरणका अन्तिम खेलपछि पाकिस्तान समुह विजेता हुदै र भारत उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।
पाकिस्तानले समुह चरणमा अपराजित रहदै तिनै खेल जितेको छ । पाकिस्तानले नेपाललाई ७ विकेट, भारतलाई ८ विकेट र अफगानिस्तानलाई ८३ रनले पराजित गर्दै तिनै खेल जितेको थियो ।
त्यस्तै गरि उपविजेता बनेको भारतले भने ३ मध्ये २ खेलमा जित हासिल गरेको थियो । भारतले अफगानिस्तानलाई ७ विकेटले र नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानसँग हार बेहोरेको थियो ।
त्यस्तै समुह 'ए' बाट अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् । अफगानिस्तानले ३ मध्ये एक खेलमा जित हासिल गर्दै समुहमा तेस्रो भयो भने नेपालले आफ्ना तिनै खेलमा हार व्यहोरेको थियो ।
अब बुधबार समुह 'बि' का समुह चरणका खेलपछि सेमिफाइनलको समीकरण टुंगिने छ । समुह 'बि' मा बंगलादेशले २ खेल जितेर ४ अंक हासिल गरेको छ भने श्रीलंका र युएईले एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् । बुधबार आयोजक समेत रहेको युएईले जापानसँग र बंगलादेशले श्रीलंकासँग खेल्दै छन् ।

टिप्पणी लेख्नुहोस्