लेख विवरण

गेटवे १६ औं फेका कपको सेमिफाइनलमा

गेटवे १६ औं फेका कपको सेमिफाइनलमा

काठमाडौंँ । गेटवे एकेडेमी १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा गेटवेले हाइल्यान्डलाई १–० गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । गेटवेका लक्ष्मण उप्रेतीले निर्णायक गोल गरे । गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।

मूलपानीमा जारी प्रतियोगितामा अक्षरिका र एकलब्य शिक्षा सदन आ–आफ्नो खेल जित्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

अक्षरिकाले विद्या विकास स्कुललाई २–१ गोलले हरायो । अक्षरिकाका जेनिश तामाङले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । विद्या विकासका अरुण मगरले १ गोल फर्काए । अक्षरिकाका आयुश कार्की ‘म्यान अफ द म्याच’ चुनिए ।

एकलब्यले गोल्डेन वडमाथि ५–० को सहज जित दर्ता ग¥यो । एकलब्यका प्रवेश खड्काले ह्याट्रिक गरे भने विशेष खड्का र निरज कोइरालाले १–१ गोल थपे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.