एसियाली हक्की महासंघको बैठकमा सहभागी हुन शर्मा मलेसिया प्रस्थान
काठमाडौंँ । नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा एसियाली हक्की महासंघको बैठकमा सहभागी हुन मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेका छन् ।
बैठक डिसेम्बर १५ र १६ तारिखमा हुनेछ । शर्मा महासंघका सल्लाहकार हुन् । महासंघको सल्लाहकार स्वतः महासंघको सदस्य रहने प्रावधान छ । मलेसिया बसाइका क्रममा शर्माले त्यहाँ भइरहेको जुनियर विश्व कप पुरुष हक्की प्रतियोगिताको फाइनल पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

टिप्पणी लेख्नुहोस्