शेन वार्नको स्मृतिमा बक्सिङ डे टेस्ट हुने
काठमाडौंँ । शेन वार्नको स्मृतिमा पाकिस्तान र अस्ट्रेलियाबीच बक्सिङ डे टेस्ट खेलाइने भएको छ । क्रिकेट अस्ट्रेलिया (सीए) र शेन वार्न लिगेसी (एसडब्ल्यूएल) ले दिग्गज स्पिनरको सम्झनामा टेस्ट म्याचको पहिलो ४ दिन प्रशंसकहरूको लागि निःशुल्क हृदय परीक्षण गर्ने भएको छ। क्रिकेट अस्ट्रेलियाले मंगलबार आफ्नो वेबसाइटमा मार्फत यस बिषयमा जानकारी दिएको हो ।
यस वर्षको बक्सिङ डे टेस्ट डिसेम्बर २६ देखि ३० सम्म मेलबर्न क्रिकेट ग्राउन्डमा खेलाइनेछ । अस्ट्रेलियाका महान स्पिनर वार्नको सन् २०२२ मार्चमा हृदयघातका कारण निधन भएको थियो । त्यतिबेला उनी ५२ वर्षका थिए ।
साथै, बोर्डले मेलबर्न म्याचमा फ्लपी ह्याट लगाएर वार्नलाई श्रद्धाञ्जली दिन प्रशंसकहरुलाई आग्रह गरेको छ । गत वर्ष पनि अस्ट्रेलिया र दक्षिण अफ्रिकाका खेलाडीले राष्ट्रिय गानमा फ्लपी ह्याट लगाएर वार्नलाई श्रद्धाञ्जलि दिएका थिए ।

टिप्पणी लेख्नुहोस्