लेख विवरण

नेपाल सुपर लिग : वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम भिड्दै

नेपाल सुपर लिग : वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ। अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ। ४ अङ्क जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ। 

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ। वीरगञ्जको मात्र दुई अङ्क छ। प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो। झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो। 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.