लेख विवरण

मलेसियामा नेपाली मुक्केबाजहरुलाई काश्य पदक

मलेसियामा नेपाली मुक्केबाजहरुलाई काश्य पदक

काठमाडौंँ । डिसेम्बर ११ देखि १५ सम्म मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५१ किलो तौलसमुहमा नेपालका प्रबल उप्रेतिले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै काश्य पदक हासिल गरेका छन् । त्यस्तै ५४ किलो तौल समुहमा नेपालका सिंहबीर लिम्बुले ईन्डोनेशियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दैै काश्य पदक पक्का गरेका छन् ।

पुरुष ५७ किलो तौलसमुहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि ईन्डोनेशियाका प्रतिद्वन्दि फकीह आन्दरा नासुसोनलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै काश्य पदक पक्का गरी सकेका छन् । वाड्दी केहि समय अघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा पनि काश्य पदक जित्न सफल भएका थिए । त्यस्तै गरी ६० किलो तौल समुहमा नेपालका सुलभ मालीले बाई पाएर काश्य पदक पक्का गरे ।

६३.५ किलो तौलसमुहमा नेपालका रीजत गुरुङ ४ः१ को स्पिलिट डिसिजनमा ईन्डोनेशियाका मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसंग पराजय भोग्नु परेको थियो । विभिन्न १० राष्ट्रका २० वर्ष उमेर मुनिका १०० जना पुरुष मुक्केबाजहरुको सहभागितामा १३ वटा तौल समुहमा उक्त प्रतियोगिता सञ्चालन भइरहेकोमा हालसम्म नेपालले चार काश्य पक्का गरिसकेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.