एसिया प्यासिफिक भेट्रान टेबलटेनिसः मोहनदास क्वाटरफाइनलमा
काठमाडौंँ । नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसंग ३–१ ले चुकेका थिए । मोहनसहित ३ खेलाडी रहेको उक्त समूहमा इन्डोनेसियाका खेलाडी थाइल्यान्डका खेलाडीसंग पराजित भएपछि मोहनको क्वाटरफाइनल यात्रा उपविजेताका रुपमा सम्भव भएको हो ।

टिप्पणी लेख्नुहोस्