फुटबल खेल्दै गर्दा मैदानमा चट्याङ लागेर एक खेलाडीको मृत्यु, ६ अस्पताल भर्ना
काठमाडौंँ । ब्राजिलको एक शहरमा एउटा डरलाग्दो घटना बाहिर आएको छ । सान्टो एन्टोनियो दा प्लाटिना शहरमा एक फुटबल म्याचको क्रममा चट्याङ परेको छ। मैदानको बीचमा परेको चट्याङका कारण एक २१ वर्षीय फुटबलरको पनि मृत्यु भएको थियो । अन्य ६ जना खेलाडीपनि यो प्राकृतिक विपत्तिको चपेटामा परेका थिए । यी ६ खेलाडीको उपचार भइरहेको छ ।
यो घटना तीन दिन पुरानो हो । डिसेम्बर १० मा जोस एलुटारियो डा सिल्भा स्टेडियममा युनिओ जेरेन्स र युनिडोस फुटबल क्लबबीच खेल भइरहेको थियो । खेल ुएमेच्योर कपु अन्तर्गत चलिरहेको थियो ।
खेलको क्रममा अचानक बादल मडारियो र भारी वर्षा सुरु भएको थियो । त्यसपछि चट्याङको प्रकोप फुटबल मैदानमा नै परेको थियो । यहाँ खेलाडीहरु मैदानबाहिर फर्कने तयारीमा थिए तर उनीहरु चट्याङको चपेटामा परे । जस कारण धेरै खेलाडी मैदानमा खसेका थिए । चट्याङको चपेटामा पर्दा युनाओ जेरेन्स फुटबल क्लबका खेलाडी काउ हेनिराक डे लिमा गोन्काल्भेसको घटनास्थलमै मृत्यु भएको थियो । अर्का एक खेलाडीको अवस्था पनि गम्भीर रहेको बताइएको छ । खेलाडीलाई शहर बाहिरको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ। अन्य चार जना खेलाडीअहिले शहरको एक स्थानीय अस्पतालको रेखदेखमा छन् ।
सान्टो एन्टोनियो दा प्लाटिना सिटी हलले गोन्काल्भेसको निधनप्रति शोक व्यक्त गर्दै घटनामा परी ज्यान गुमाएकाहरुको सक्दो सहयोग गर्ने जनाएको छ ।
उक्त घटनाका केही भिडियोहरु सामाजिक संजालमा सार्वजनिक भएका छन् । यी भिडिओका भिजुअलहरू अलि डरलाग्दा छन्। भिडियोमा स्टेडियममा भारी वर्षा भइरहेको र यहाँ उपस्थित केही दर्शकहरु चर्को स्वरमा चिच्याइरहेको देखिएको छ । मैदानमा सुतेका खेलाडीलाई पनि धेरैले उठाएका देखिन्छन् ।
Lightning struck around four players on the field during a football match in Santo Antônio da Platina, Brazil today. The current condition of the affected individuals is not yet known. pic.twitter.com/0vJnFGSFbF
— godfather (@Truthgodfather) December 11, 2023

टिप्पणी लेख्नुहोस्